१० माघ २०८१

क्याटलोनियाली नेता टोराद्वारा सपथ ग्रहण, जनताको चाहना अनुसार अघि बढ्ने प्रतिवद्धता

४ जेष्ठ २०७५, शुक्रबार ०८:४२ मा प्रकाशित

बार्सिलोना, ३ जेठ (रासस÷एएफपी) क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहका नवनिर्वाचित सरकार प्रमुख क्वीम टोराले बिहीबार केन्द्र सरकारका प्रतिनिधिको उपस्थितिविना नै एक संक्षिप्त कार्यक्रमकाबीच सपथ लिनुभएको छ ।

उहाँले आफ्नो सपथमा स्पेनी संविधानलाई मान्ने बिषयलाई उल्लेख नगरिकनै ‘क्याटलोनियाली जनताको चाहना अनुसार आगामी बाटो तय गर्ने’ सपथ खानु भएको छ ।

“म इमान्दार भएर क्षेत्रीय सरकार प्रमुखका रूपमा क्याटलोनियाली संसद र जनताप्रति निष्ठावान रहेर अघि बढ्नेछु,” नवनिर्वाचित सरकार प्रमुख टोराले भन्नुभयो । सपथमा नयाँ नेताले पूर्व नेता चाल्र्स पुज्डमोनको सिद्धान्तको भावनासँग मिल्नेगरी प्रतिवद्धता जाहेर गर्नुभएको हो ।

पचपन्न बर्षीय नेताले क्याटलोनियालाई नियमन गर्ने कानूनलाई मान्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएन । सपथका क्रममा स्पेनी संविधानले परिकल्पना गरेको स्पेनको परम्परागत झण्डा र स्पेनी राजाको प्रतिमामूनि देखिनुभएको थिएन तर क्याटलोनियाको क्षेत्रीय झण्डामुनि उभिनुभएको थियो ।

स्पेनी राजनीतिको सात महिना लामो सङ्क्रमणलाई अन्त्य गर्दै टोराको सपथ कार्यक्रम भएको हो । क्याटलोनियाका पूर्व सरकार प्रमुख पुज्डमोनले क्याटलोनियाको स्वतन्त्रताका लागि गत वर्षको अक्टोबर २७ मा गरेको नेतृत्व असफल भै केन्द्र सरकारले क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter