१० माघ २०८१

मुस्लिमहरूको एक महिने रमजान उपवास सुरु

४ जेष्ठ २०७५, शुक्रबार ०८:४० मा प्रकाशित

नयाँदिल्ली, ३ जेठ (रासस÷सिन्ह्वा ) मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ ।
भारतसहित संसारभरका मुिस्लम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् ।
सामान्य तरिकाले भन्दा बढी ध्यान दिएर विषेश प्रार्थना गर्नेहरूले यो महिनाभरी विषेश तरिकाले व्रत तथा प्रार्थना गर्दछन् ।
यो पर्व र व्रतलाई संसारभरका मुिस्लम धर्माबलम्वीहरूले उच्च महत्वका साथ मनाउने गर्दछन् ।
रमजान अवधिभर उनीहरू सुर्यअस्त नहुदासम्म खाना खाने, पानी पिउने, वैवाहिक कार्यक्रमहरु गर्ने गर्दैनन् ।
सुर्यअस्त भएपछि भने व्रतालुहरूले खाना र पानी आफुहरुले पनि खाने र आफ्नो परिवार तथा इष्टमित्रहरूलाई वितरण गर्ने गर्दछन् ।
इस्लामिक पात्रो अनुसार रमजान नवौं महिनामा पर्दछ । यस बर्ष साउदी अरब र मध्यपूर्वी देशहरुमा बिहीबारदेखि उपवास सुरु भएको छ ।
बुधबार मात्रै भारतको केन्द्रीय सरकारले रमजानको अवधिभरका लागि भारत नियन्त्रीत काश्मिरमा युद्धविरामको घोषणा गरेको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter