१८ माघ २०८१

जर्मनको डेउत्से बाहन रेलसेवाद्वारा कर्मचारी यूनियनसँग सम्झौता

१ पुष २०७५, आईतवार १२:१९ मा प्रकाशित

बर्लिन, जर्मनी, २९ मङ्सिर,,  जर्मनीको रेलसेवा सञ्चालक डेउत्से बाहन र उक्त कम्पनीका मुख्य कर्मचारी यूनियनबीच तलबमानमा पुनरावलोकन गर्नेबारे शनिबार एक सम्झौता भएको उक्त कम्पनीले जनाएको छ ।

गत हप्ता कर्मचारी तथा श्रमिकको ज्याला कम भएको भनी गत हप्ता उक्त रेलसेवाका कर्मचारीले सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएपछि रेल सञ्चालक कम्पनीले उनीहरूको मागलाई सम्बोधन गर्न बाध्य भएको हो ।

इभिजीका कर्मचारी यूनियनसँग रेलसेवामा आवद्ध करिब एक लाख ६० हजार डेउत्से बाहनका कर्मचारी रहेका छन् । सहमति अनुसार कम्पनीले विभिन्न चरणमा गरी ६.१ प्रतिशत तलव वृद्धि गर्ने सहमति भएको रेलसेवा प्रदायक कम्पनी डेउत्से बाहनले जनाएको छ ।

सहमति अनुसार रेलले कर्मचारीको तलबमा ३.५ प्रतिशत आगामी सन् २०१९ को जुन मा वृद्धि गरिने र बाँकी २.६ प्रतिशत तलम रकम वृद्धि आगामी सन् २०२० को जुलाईमा वृद्धि हुनेछ ।

कर्मचारीले ७.५ प्रतिशत तलव वृद्धिको माग गरेको तर कम्पनीले मात्रै ५.१ प्रतिशत तलब बढाउन सहमत भएपछि यूनियनले अन्दोलनको घोषणा गरेको थियो । तर दुवै पक्षले ६.१ प्रतिशतमा सहमति जनाएपछि आगामी दिनमा रेलसेवामा समस्या नगर्ने यूनियनले प्रतिवद्धतासमेत जाहेर गरेको छ ।

सम्झौताको अर्को शर्त अनुसार हरेक कर्मचारीलाई पहिलो चरणको तलव वृद्धि पहिले एकमुष्ट रकम एक हजार १३० दिन कम्पनीले सहमति जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter