०३ माघ २०८१

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

१ पुष २०७५, आईतवार ०९:३२ मा प्रकाशित

कञ्चनपुर, १ पुस,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।

धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताउनुभयो । मोतिया बिन्दु भएका सबै जनाको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

शिविरबाट आँखा कम देख्ने ३३० जनालाई निःशुल्करुपमा चस्मासमेत उपलब्ध गराइएको थियो ।
शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतिया बिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताउनुभयो । आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उहाँले बताउनुभयो । शिविरमा आँखा चेकजाँचका लागि पुगेका मधुमेय र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको छ ।

शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ । औषधि खरीद गर्न नगरपालिकाले रु ५५ हजारभन्दा बढी रकम उपलब्ध गराएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter