०५ माघ २०८१

फरक क्षमता भएका पौडेलको कलम उद्योग

२९ मंसिर २०७५, शनिबार ०९:४३ मा प्रकाशित

कुश्मा, २९ मङ्सिर,, अपाङ्गता भएका व्यक्तिले पनि अन्य व्यक्तिभन्दा अब्बलरुपमा उद्यम सञ्चालन गर्न सक्छन्भन्दा अचम्म लाग्न सक्छ । कुश्मा नगरपालिका–११ सिल्मी मान्डाँडाका युवा उद्यमी मनिलाल पौडेलले सामान्य तालीमका आधारमा आफ्नो क्षमता प्रयोग गरी घरमै बाँस र निगालोका विभिन्न सामान बनाएर साना उद्योग शुरुआत गरेर देखाउनुभएको छ ।

उहाँले विभिन्न सामान निर्माण गरी जिल्ला सदरमुकाम तथा जिल्ला बाहिरसमेत बिक्री वितरण गर्दै आइरहनुभएको छ । बाँसका कलम जिल्लामा आउने पर्यटक तथा अतिथिका लागि उपहार दिने गरिएको छ ।

बाँस तथा निगालोका सामान उत्पादन गर्नुभएका पौडेल विदेशमा समेत आफ्नो उत्पादन पठाउनु हुन्छ । स्थानीय साधन र स्रोतको समुचित प्रयोग गर्दै उद्यमी बन्नुभएका पौडेलले आकर्षक सामान बनाएर फुर्सदको समय राम्रैसँग उपयोग गर्नुभएको हो ।

बाँस र निगालोजस्ता स्थानीय कच्चा पदार्थलाई विभिन्न रुप र आकारमा कलमका साथै बैठक कोठा सजावट र उपहारमा प्रयोग हुने सामान बनाई आफूले ग्राहकको मन जित्न सफल भएको उहाँ बताउनुहुन्छ ।

सरकारी कार्यालय, जिल्लामा विभिन्न उद्यमी, पर्वत उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग महासङ्घलगायत सङ्घसंस्थाले समेत पछिल्ला समय जिल्लामा आउने अतिथिका लागि पौडलकै उत्पादन उपहार स्वरूप दिने गरेका छन् । आफूले बाँस तथा निगालोका सामान उत्पादन गरेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजे पनि अपेक्षा गरे जति सहयोग सरकारी निकायबाट हुन नसकेको उहाँको गुनासो छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter