बेझाड, २० मङ्सिर,, कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ ।
पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिव्यक्ति ५० किलो युरिया, १८ किलो डिएपी र सात किलो पोटास र १० पशुपालक कृषकलाई दाना वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
वडाको एक लाख रकम विनियोजन गरी प्रतिव्यक्ति रु दुई हजार १०० बराबरको जैविक मल र दाना विरतण गरेको उहाँले बताउनुभयो । वडाले कृषि क्षेत्रमा निकै राम्रो कार्यक्रम गरेको कृषक देवराज ढकाल बताउनुुहुन्छ । कम्तीमा एक रोपनीभन्दा माथि व्यावसायिक तरकारी खेती, कम्तीमा पाँच वटा गाई, तीन वटा भैँसीपालक कृषकलाई छनोट गरी अनुदानवापत रासायनिक मल र दाना दिइएको हो । अनुदानमा सामग्री पाएपछि यहाँका कृषक खुशी भएका छन् । यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू