०९ माघ २०८१

तीन स्थानमा ट्राफिक बत्ती जडान

१९ मंसिर २०७५, बुधबार १३:१८ मा प्रकाशित

ललितपुर, १८ मङ्सिर,,  ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो ।

कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको बताउनुभयो । महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई महानगरले निरन्तरता दिँदै जानेछ ।”

दिनहुँ बढेको सवारी चाप व्यवस्थापनमा बत्तीले सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक बत्ती राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ ।”

महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पुल्चोकदेखि कुपण्डोलसम्म विभिन्न स्थानमा ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter