रौतहट मङ्सिर १८,, नेपाल कम्युनिस्ट पार्टी को प्रदेश न. २ को प्रदेश कमिटीमा पार्टी भित्रका ठूलाबडा नेताका चाकरीवाजहरु प्रदेश कमिटीमा मात्र नियुक्त भएका छन। नेकपा मावोवादी र नेकपा एमाले पार्टी एकीकृत भए पछि प्रदेश कमिटी गठन हुदा दुवै पार्टीका नाम कमाएका नेता र मन्त्रीहरुका जी हुजुरी गर्ने हरुलाई मात्र प्रदेश कमिटीमा चयन गरेको प्रष्ट रुपमा देखिएको छ। सालौ देखि पार्टीका लागि काम गरेका र पार्टीको लागि नै आफ्नो जीवन बिताउनेहरुलाई कमिटिमा नराखेको हुदा दुख प्रकट गरेका छन। तर पार्टीमा नयाँ आएका र पार्टी छोडने फेरी पार्टीमा आउने विदेशी कार्यकर्ताहरुलाई र पैसा कमाउन पार्टी प्रवेश गरेकाहरुलाई प्रदेश कमिटीमा चयन गरेका छन। पार्टी भित्र ठूलो योगदान रहेका आफ्नो अमूल्य जीवन नै पार्टीको लागि बिताएको बिरेन्द्र शाह, रजिउदिन आलम , शैलेन्दर साह, शेख कमिमुलाह अर्सद , भिकारी यादव, लक्षमण रेग्मी जस्तो नेताहरूको राजनितिक इतिहास मूलयाङकन नगरि चाकरिवाजहरुलाई कमिटीमा मनोनय गरेकोले पार्टीको लागि र पार्टीको संगठन विस्तार गर्नेहरु र विभिन्न राजनितिक अानदोलन मा प्रत्यक्ष रुपमा लागेकोहरुलाई व्यवस्था नगरि लतयाएको हुदा दुख प्रकट गरेका छन र पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भईरहेको आरोप पनि लगाएका छन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू