१४ फागुन २०८१

जोमसोम अस्पतालमा बिक्रीकक्ष

१८ मंसिर २०७५, मंगलवार ११:१४ मा प्रकाशित

ठिनी (मुस्ताङ), १८ मङ्सिर (रासस)ः सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए ।

उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । “अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ,” उहाँले भन्नुभयो । सो बिक्रीकक्षको सोमबार गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचनले उद्घाटन गर्नुभयो ।

यसअघि मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा औषधि बिक्रीकक्ष थिएन । मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो । सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताउनुभयो । औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो । यस वर्ष औषधि खरिद गर्न रु चार लाख ९० हजार बजेट उपलब्ध भएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter