१८ माघ २०८१

घाज्नी प्रान्तमा तीस लडाकू मारिए

१७ मंसिर २०७५, सोमबार १४:१७ मा प्रकाशित

घाज्नी, अफगानिस्तान, १७ मङ्सिर,,   अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकू मारिएको अफगानी सेनाले जनाएको छ ।

सेनाद्वारा प्रकाशित विज्ञप्तिअनुसार लडाकू विरुद्धको कारबाही आइतबार शुरु भएको थियो । यस कारबाहीका क्रममा सरकारी सुरक्षाफौजले कैयौं गाउँ नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

गत नोभेम्बरमा जघोरी जिल्ला कब्जा गरेर बसेका तालिबान समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter