०९ माघ २०८१

ह्विलचियर हस्तान्तरण

१३ मंसिर २०७५, बिहीबार १२:४४ मा प्रकाशित

काठमाडौँ, १३ मङ्सिर,,   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष विजया भट्टको पहलमा आर्थिक सङ्कलन गरी १२ वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको हो ।

बिरामीको सेवामा अलिकति भए पनि सहयोग पुगोस् भन्ने हेतुले ह्विलचियर प्रदान गरिएको बताउँदै पूर्वउपाध्यक्ष भट्टले मानवीय भावनासहित उठेका सहयोगी हातहरुले गरिएका सहयोग वास्तवमै अतुलनीय हुने बताउनुभयो । अस्पतालका निमित्त निर्देशक डा सरोज शर्माले फोरमले अस्पताललाई ह्विलचियर प्रदान गरेर मानवीय सेवाको क्षेत्रमा सराहनीय कार्य गरेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter