११ माघ २०८१

आत्मदाहबाट युवतीको मृत्यु

१३ मंसिर २०७५, बिहीबार १२:१९ मा प्रकाशित

राजविराज, १३ मङ्सिर ,,   सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter