बार्सिलोना, स्पेन, २९ वैशाख (रासस÷एएफपी) ः क्याटोलोनियाको स्वतन्त्रताका लागि नेतृत्व लिएका क्षेत्रीय सरकार पूर्व प्रमुख काल्र्स पुज्डमोन संसदमा शनिबारदेखि शुरू हुने संसदमा पुज्डमोनको उत्तराधिकारीका लागि बहस शुरू गरिने भएको छ ।
क्याटोलोनियाली संसदले पुज्डमोनको विकल्पमा क्षेत्रीय सरकार प्रमुखका रूपमा स्वतन्त्रता पक्षधर कुइम टोरालाई ल्याउने तयारीका साथ नयाँ संसदमा बहस थालिने भएको हो ।
क्याटलोनियाको स्वतन्त्रता पक्षधर विभिन्न दलसँगको छलफलपछि क्याटलोनियाली संसदका सभामुख रोगर टोरेन्टले टोरालाई पुज्डमोनको उत्तराधिकारीका रूपमा बहस थालिने बताउनुभयो । क्षेत्रीय सभाद्वारा शुक्रबार जारी विज्ञप्तिमा नयाँ उत्तराधिकारीको बहस शनिबार मध्यान्ह् बस्ने बैठकमा शुरु हुने जानकारी गराइएको छ ।
नेतृत्वका लागि बहसको अन्त्यसँगै मतदान हुनेछ ।
पहिलो चरणको मतदानमा टोराले सुविधाजनक बहुमत ल्याएमा क्याटलोनियाको सरकार प्रमुखका रूपमा उहाँले जिम्मेवारी लिनुहुनेछ । यदि पहिलो चरणमा सुविधाजनक बहुमत नल्याएमा दोस्रो चरणका लागि मतदान गरिने र दोस्रो चरणमा सामान्य बहुमतबाट पनि नेतृत्वमा जाने बाटो क्याटलोनियाली कानूनले व्यवस्था गरेको छ ।
क्याटलोनियाली संसदमा ७० सदस्यमध्ये ६५ जना स्वतन्त्रता पक्षधर समूहका सदस्य रहेका छन् भने ६५ जना स्वतन्त्रताको विपक्षमा छन् ।
चार जना पुज्डमोनको कट्टर समर्थक पृथकतावादी सियुपी पार्टीका सदस्य छन् जसले पुज्डमोन कै पक्षमा मतदान गर्ने अडान राख्दै आएका छन् । यदि सियुपीले मतदान नगर्ने भएमा टोरा पुज्डमोनको उत्तराधिकारी चयन हुनुहुनेछ तर सियुपीका चार संसद सदस्यले विपक्षमा मतदान गरेमा टोरा उत्तराधिकारी बन्न सक्नुहुने छैन ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू