१८ माघ २०८१

फिजीमा शक्तिशाली भूकम्प

३ मंसिर २०७५, सोमबार १३:१४ मा प्रकाशित

लम्बासा, फिजी, ३ मङ्सिर,,   टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन ।
गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो । फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ ।
––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter