०३ माघ २०८१

नेपाली मजदुरको मलेसियामा मृत्यु

३० कार्तिक २०७५, शुक्रबार १५:०६ मा प्रकाशित

दार्चुला, ३० कात्तिक,,  मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ ।

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताउनुभयो । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् ।

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter