०९ माघ २०८१

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् ः राष्ट्रपति

२५ कार्तिक २०७५, आईतवार १६:०८ मा प्रकाशित

काठमाडाँै, २५ कात्तिक ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताउनुभएको छ ।

समवेदना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।”

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उहाँको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उहाँको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गर्नुभएको छ । “मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु” समवेदना सन्देशमा भनिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter