०५ माघ २०८१

बिरामीलाई ह्विल चेयर

२३ कार्तिक २०७५, शुक्रबार १५:१५ मा प्रकाशित

वालिङ, २३ कात्तिक,,   वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले प्यारालाइसिसबाट पीडित बिरामीलाई ह्विल चेयर प्रदान गर्नुभएको छ ।

नगर प्रमुख खाँणले विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित वालिङ–३ मालागिरिका ७० वर्षीय चेतबहादुर गुरुङलाई ह्विल चेयर प्रदान गर्नुभएको हो । साविक एलादी गाविसका अध्यक्ष गुरुङले ह्विल चेयर पाएपछि मुस्कुराउँदै भन्नुभयो, “मैंले पनि यो जाडोमा त घाम ताप्न पाउने भएँ ।” सधैँ सुतेरै दिन बिताउने गुरुङले ह्विल चेयर प्राप्त गरेसँगै आवश्यकताअनुसार यताउता गर्न पाउने आशा जागेको हो ।

“गुरुङले पञ्चायतकालमा नेतृत्व गर्नुभयो, पूर्व गाविस अध्यक्ष भएर पनि कार्यसम्पादन गर्नुभयो त्यसैले उहाँका सीप तथा अनुभव हाम्रा लागि अनुकरण गर्न योग्य हुन्छन्”, नगर प्रमुख खाँणले भन्नुभयो, “विस्तारामै सुतिरहेको देखेपछि यसका माध्यमबाट भित्र बाहिर गर्न सहयोग पुग्ने ठानेर प्रदान गरेको हुँ ।”नगर प्रमुख खाँंणले गुरुङलाई नगद रु आठ हजारसमेत प्रदान गर्नुभयो । गुरुङका छोरासमेत प्यारालाइसिसबाट ग्रसित भई पोखरामा उपचाररत हुनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter