०९ माघ २०८१

कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

२० कार्तिक २०७५, मंगलवार १६:५० मा प्रकाशित

काठमाडौँ, २० कात्तिक,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उहाँले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने बताउनुभयो । मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण तथा रोजगार वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण भएको बताउँदै मन्त्री विष्टले प्रादेशिक विशेषताअनुसार उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री हरिबोल गजुरेलले कृषकलाई समयमै बीउबिजन, उपकरणलगायत सामग्री उपलब्ध गराउन गर्नसकेमा उत्पादन वृद्धि गर्न सहज हुने हुँदा त्यसचर्फ सङ्घीय नीति सहयोगी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रियसभाका सांसद् बलराम बाँस्कोटाले कृषि प्रणालीलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले राष्ट्रिय बजेटको करीब दुई प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन गरिएकाले कृषकलाई विभिन्न शीर्षकमा तालीम तथा अनुदान उपलब्ध गराउन नसकिएको बताउनुभयो । नेपाल कृषि सहकारी महासङ्घका महाप्रबन्धक रुद्र भट्टराईले आफ्नो संस्थाअन्तर्गत विभिन्न ७१ जिल्लामा साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य संस्था गरी ९४२ सदस्य सङ्गठन विस्तार भइसकेको जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter