१८ माघ २०८१

इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

२० कार्तिक २०७५, मंगलवार १२:५६ मा प्रकाशित

जाकार्ता, २० कात्तिक (रासस ÷एएफपी ) ः इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।

यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पमा परी २ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै २ लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए । इन्डोनेसिया भूकम्पको प्रकोपले बारम्बार सताउने देशको सुचीमा पर्दछ ।
–––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter