०५ माघ २०८१

डिप बोरिङ गरेर खानेपानी वितरण

१८ कार्तिक २०७५, आईतवार १५:३० मा प्रकाशित

तेह्रथुम, १८ कात्तिक,,   छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ ।

गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।
भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालिका–५ बिखे बस्तीबाट डिप बोरिङमार्पmत पानी निकालिएको हो ।

डिप बोरिङ गरेको पानी गाउँपालिकाका चार वडाका गाउँ बजार र विद्यालयमा पु¥याइएको छ । एक हजार ७०० मिटर उचाइको डाँडामा १३२ मिटर तलबाट डिप बोरिङ गरी पानी निकालिएको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter