१८ माघ २०८१

म्यानमारमा आज संसदीय निर्वाचन

१७ कार्तिक २०७५, शनिबार १३:११ मा प्रकाशित

याङ्गुन, १७ कात्तिक,,   बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ ।

निर्वाचनमा विभिन्न २४ पार्टीका ६२ जनासहित कुल ६९ जना उम्मेदवार रहेको अधिकारीले जनाएका छन् । तीनीहरुमध्ये सात जना स्वतन्त्र उम्मेदवार हुन् ।

देशका नौ क्षेत्र तथा प्रदेशबाट निर्वाचित हुने १३ संसदीय सिटका लागि सांसद छनौट गर्न एक हजार ३८३ ठाउँमा मतदान केन्द्र तोकिएको छ ।

कुल १३ मध्ये चार जना तल्लो सदनका लागि, एक जना माथिल्लो सदनका लागि र अरु आठ जना प्रान्तीय सदनका लागि चयन हुने समाचारमा जनाइएको छ ।

निर्वाचनका लागि सत्तारुढ दल नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सबै अर्थात् १३ सिटका लागि उम्मेदवार उठाएको छ भने पुर्वसत्तारुढ दल युनियन सोलिडारीटी एण्ड डेभलभमेन्ट पार्टी (युएसडीपी)ले दश सिटमा उम्मेदवार बनाएको छ । अन्य बाँकी सिटमा भने अन्य पार्टीका उम्मेदवार रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter