०९ माघ २०८१

रास्ट्रपति को कतार अमीर भेटवार्ता र सम्झौता हरु हस्ताक्षर

रमज़ान मियाँ

१५ कार्तिक २०७५, बिहीबार ११:२६ मा प्रकाशित

केयर ख़बर क़तार , कत्तिक  १५ ,,  ३०अक्टोबर २०१८ अपरान्ह कतारका अमीर शैख तमीम बिन हमद अलथानी र सम्माननिय रास्ट्रपति बिद्यादेवि भण्डारी बिच दीवन ए अमीरीमा उच्चस्तरको भेटघाट सम्पन्न भएको छ।सम्माननिय रास्ट्रपतिको सम्मानमा अमीरी गार्डको एक बिशेष टुकडीले सम्मानननिय ज्युको सम्मानमा सलामी अर्पण गरेको थियो। कतारका अमीरले रास्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत निकै उत्साहका साथ गर्नु हुँदै दुई देश बिच रहिआएको अत्यन्तै बिशेष प्रकारको मैत्रीपुर्ण सम्बन्ध लाई उच्च तहमा सम्बोधन गर्नु भएको थियो।यस भ्रमणको विशेषता लाई बयान गर्दै यस भ्रमणले दुई देश बिच धेरै बिषयहरुमा सहकार्य र सहयोग हुन सक्ने कुरा औल्याउँनु भएको थियोे। सम्माननिय रास्ट्रपति बाट पनि कतारका अमीरको जुनाफमा आफू लाई कतार भ्रमणको निम्तो दिनु भएकोमा धन्यवाद ब्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने कुरामा आफूले बिश्वास लिएको जानकारी गराउनु भयो।दुइदेश बिच धेरै क्षेत्र तथा कमन इशुजमा सहयोग तथा सहकार्य हुन सक्ने र यस बाट दुइदेश बिच रहेको कुटनैतिक सम्बन्धले थप उचाई लिने बिश्वास ब्यक्त पनि गर्नु भयो। दुई रास्ट्रअध्यक्ष बिचको भेटघाटमा लगानी प्रवर्द्धन गर्न सकिने र शिक्षा स्वास्थ्य कृषि पर्यटनको क्षेत्रमा एक आपसमा कोअपरेशन गर्न सकिने कुरा राख्नु भएको थियोे।साथै एक आपसमा क्षमता बिकास र अनुभव साटासाट गर्न कतारलाइ चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने बताउनु भएको छ।सम्माननिय रास्ट्रपति ज्युले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको बिकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उतारता एवं कदमको प्रसंशा पनि गर्नु भयो।बिशेष गरि नेपाली कामदारको पक्षलाइ पनि सम्माननिय ज्यु बाट समेटिएको छ।आजै दीवान ए अमीरिमा दुई देशका रास्ट्रा अध्यक्ष हरुको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको छ।बिशेषगरि कुटनितिक सरकारी राहदानीवाहक तथा बिशेष प्रकारको राहदानीवाहक लाई भिसा आवस्यकता नपर्ने गरि आवतजावत सहजीकरण गर्ने कुरामा कतारका तर्फबाट उपप्रधान एवं परराष्टमन्त्री शैख मोहम्मद बिन अब्दुलरहमान अलथानि र नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालिले हस्ताक्षर गर्नु भएको थियो।यसै गरि कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।यो समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालिले हस्ताक्षर गर्नु भएको थियो भने कतारका तर्फबाट बाताबरण एवं नगरपालिका मामिला मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले हस्ताक्षर गर्नु भएको थियो। यस अवसरमा दीवान ए अमीरीमा कतार सरकारका मन्त्रीगण उच्चपदस्त अधिकारी र कतारका लागि नेपाली राजदूत प्रा.रमेश प्रसाद कोइराला त्यसै गरि नेपालका लागि कतारी महामहिम राजदुत युसुफ मोहम्मद अल हैल लगायत उद्योगपतिहरुको सहभागीता रहेको थियो।आजैको भेटमा सम्माननिय रास्ट्रपति द्वारा कतारी अमीर लाई आफ्नो उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो समेत दिनु भएको छ।सम्माननिय अमीरले पनि अत्यन्तै खुशिका साथ निम्तो स्वीकार गर्नु भएको छ।आजै कतारका अमीरका तर्फद्वारा सम्माननिय रास्ट्रपति ज्युको सम्मानमा एक बिशेष दिवाभोजको आयोजना गरिएको थियोे जस्मा उच्च पदस्त कतारी अधिकारी मन्त्री गण दुवै देशका महामहिम राजदुत एवं नेपाली प्रतिनिधिमन्डलका सदस्य र उद्योगपति ब्यवसायिहरुको उपस्थिति रहेको थियो।आजै बेलुका सम्माननिय रास्ट्रपति ज्युले कतार चेम्बर द्वारा आयोजना गरिएको नेपाल कतार बिजिनेस फोरम लाइ पनि सम्बोधन गर्नु भएको थियोे।सो अवसरमा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली लगायत अन्य बिशिस्ट ब्याक्तित्व हरुको

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter