११ माघ २०८१

प्रजातान्त्रिक योद्धा यादवको निधन

१५ कार्तिक २०७५, बिहीबार ११:१४ मा प्रकाशित

बर्दिवास, १५ कात्तिक,,  महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ ।

राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध रहनुभएको थियो ।

यादव १५÷१६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गर्नुभएको छ । यादव पञ्चायतकालमा पटक–पटक जेल पर्नुभएको थियो । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter