१८ माघ २०८१

सोनीको आम्दानी दोब्बरले बढ्यो

१३ कार्तिक २०७५, मंगलवार १३:४५ मा प्रकाशित

टोकियो, १३ कात्तिक,,   विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ ।

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter