०५ माघ २०८१

ढिस्कोले पुरिएर मृत्यु

१३ कार्तिक २०७५, मंगलवार ११:२९ मा प्रकाशित

गाईघाट, १३ कात्तिक ,,   उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने ढिस्कोले पुर्दा सख्त घाइते भएका छन् । घाइते चौधरीको छिमेकीले जङ्गलबाट उद्धार गरी नजिकैको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तरी पहाडी क्षेत्रको जङ्गलमा भएको प्रहरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter