१८ माघ २०८१

गोली लागेर एक प्यालेस्टिनीको मृत्यु

७ कार्तिक २०७५, बुधबार १६:३६ मा प्रकाशित

जेरुसेलम, ७ कात्तिक,,   उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गर्नु भएको छ । तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताउनुभयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ ।

इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter