रौतहटका ६ सय बाढी पिडित घरपरीवारलाइ कतार च्यारेटीको सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल आरडिसीले सस्थाले छाना छाउने जस्तापाता बितरण गरीएको छ । एक परीवार लाइ ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको छ
रौतहट जिल्लाको गौर , राजपुर,परोहा नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउपालिकाका ६ सय बाढी पिडित परीवारलाइ जस्तापाता बितरण भैरहेको छ ।
कतार च्यारेटिका कन्ट्री डायरेक्टर इलालाभिल मुहम्मद अब्दुल अजिज, प्रदेश नम्वर २ का कृषि तथा भुमिसुधार राज्य मन्त्री योगेन्द्र प्रसाद यादवले संयुक्तरुपमा सोमवार एक कार्यक्रमको आयोजना गरी जस्तापाता वितरण गरेका हुन ।
एक परीवार लाइ ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको क़तार च्यारिटीनेपालका कार्यक्रम मैनेजर इरशाद शेखले जानकारी दिएका छन ।
कतार च्यारेटी नेपालका कन्ट्री डायरेक्टर अजिजले बाढीको जोखिममा परेका बालबालिकाहरु तथा अति बिपन्न गरीव परीवार लाइ सहयोगगर्ने उदेश्यले सामाग्रीहरु सहयोग गरेको बताएका छन ।
यस्तै कतार च्यारीटीको सहयोगमा राजपुर नगरपालिका र यमुनामाइ गाउपालिकाको तीनवटा बिधालयका १५ सय बाढी बाट प्रभावित भएका बिधार्थीलाइ शैक्षिक सामाग्री समेत बितरण गरीएको छ ।
फ़ोटो फीचर
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू