०५ माघ २०८१

सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

५ कार्तिक २०७५, सोमबार २३:२८ मा प्रकाशित

गुल्मी, ५ कात्तिक ,, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ ।

ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख तथा कर्मचारीहरुसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताउनुभयो ।

उहाँले निर्मला पन्त हत्याकाण्डका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter