कपिलवस्तु ५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आज दिउँसो १२ बजे सम्मको लागि हटाएको कर्फुको समयसिमा पुन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलका अनुसार कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजे सम्म कर्फु हटाइएको छ ।आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फू प्रशासन कार्यालयले आज विहान ८ बजे देखि १२ बजे सम्म हटाएको थियो । कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको भन्दै साँझ ५ बजे सम्मका लागि कर्फु हटाइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । साँझ ५ बजे पछि त्यहाँको अवस्था हेरेर कर्फुको बारेमा हेर विचार गर्न सकिने उहाले बताउनुभयो ।स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदाय बीच विवाद बढे पछि जिल्ला प्रशासन कार्यालयले कर्फु लगाइएको थियो । कर्फु हटेपछि भारतीय सिमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबार देखि बढेको विवाद आज देखि सामान्य बनेको छ । गएराती कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ती विसर्जन गरिएको थियो । दशैको भोलीपल्ट एकादशी तिथीमा दुर्गा पूजाको मूर्ती विसर्जन गरिदै आए पनि यसबर्ष विवाद भएपछि दशैको पर्सिपल्ट द्धादसी तिथीमा मूर्ती विसर्जन गरिएको हो ।कृष्णनगर बजार क्षेत्रमा बडादशैको भोली पल्ट दुर्गा पुजाको मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फु लगाइएको हो । मूर्ती विसर्जन गर्न जाने बाटोको विषयमा दुई समुदाय बीच झगडा भएको थियो ।प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फु लगाउने निर्णय गरेको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू