१० माघ २०८१

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

३१ आश्विन २०७५, बुधबार १८:१४ मा प्रकाशित

काठमाडौँ, ३१ असोज (रासस) : नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो । नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टोली आजै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter