०९ माघ २०८१

आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

२८ आश्विन २०७५, आईतवार १३:३६ मा प्रकाशित

काबुल, २८ असोज,,   अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ ।

शनिबार ताखार प्रान्तमा आयोजित ¥यालीमा भएको आक्रमणमा परी ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter