काठमाडौँ, २५ असोज,, कपिलवस्तुको यशोधरा गाउँपालिका–३ ले हरियाली र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न जातका फलफूलका बिरुवा निःशुल्करुपमा वितरणको अभियान शुरु गरेको छ ।
उक्त अभियानअन्तर्गत वडाले ६०० घरधुरीलाई आँप र एक लिचीको बिरुवा वितरण गरिएको वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिनुभयो ।
आगामी दशैँका अवसरमा प्रत्येक घरधुरीलाई अमला र अम्बाको बिरुवा पनि उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयो । वातावरणलाई स्वच्छ तुल्याउँदै शहर र बस्तीलाई सुन्दर र हराभरा निर्माणमा यस्ता अभियान महत्वपूर्ण हुने बताइएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू