०७ माघ २०८१

भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

२५ आश्विन २०७५, बिहीबार १३:३८ मा प्रकाशित

भक्तपुर, २५ असोज,,   भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ ।

यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका हुन् । गत वर्षभन्दा प्रतिकिलो सय रुपैया मूल्य बढाएर व्यवसायीले बिक्री गरेका छन् ।

मुस्ताङमै भेडा–च्याङ्ग्रा महँगो भएकाले यस वर्ष प्रदेश सरकार र स्थानीय सरकारलाई सात ठाउँमा निकासी कर तिर्दै ल्याउनु परेकाले महँगो भएको व्यवसायी पशुपति सिलवालले बताउनुभयो । विगत १८ वर्षदेखि दशैँमा भेडा–च्याङ्ग्राको व्यवसाय गर्दै आउनुभएका उहाँले भन्नुभयो, “देश सङ्घीयतामा गएपछि त आफ्नै देशमा पनि विदेशमा झँै फरक फरक ठाउँमा कर तिर्दै आउनुपर्ने, यस वर्ष प्रदेश र स्थानीय सरकारलाई मात्रै सात ठाउँमा कर तिर्नु प¥यो, अनि कसरी होस् सस्तो ।”

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हँुदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा कर तिर्दै आउनु प¥यो । केन्द्रीय सरकारले खसी–बोका, भेडा–च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटेर गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका छन् ।

सिन्धुपाल्चोकका अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमै एउटा च्याङ्ग्राको रु १६ हजारदेखि रु २४ हजारसम्म तिर्नु परेको बताउँदै ठाउँठाउँमा तिर्नुपर्ने करले यस वर्ष निकै समस्या आएको बताउनुभयो । विगतका वर्षमा यसरी ठाउँठाउँमा कर तिर्नुपर्ने अवस्था नभए पनि यस वर्ष भने ठाउँठाउँमा कर तिर्दै ल्याउनु परेको उहाँको भनाइ छ ।

सल्लाघारीमा यस वर्ष करीब दुई हजार च्याङ्ग्रा, करीब हजार भेडा ल्याइएको छ भने अरू ल्याउने क्रम जारी छ । सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु गतवर्ष प्रतिकिलो रु एक हजार २५० मा बिक्री गरेको भए पनि यस वर्ष भने प्रतिकिलो रु एक हजार ६०० मा बिक्री भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter