१८ माघ २०८१

अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

२३ आश्विन २०७५, मंगलवार १६:५६ मा प्रकाशित

काबुल, २३ असोज,,   अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।

आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।

तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताउनुभएको छ । उहाँले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते भएको दाबी गर्नुभयो । तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन ।
––––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter