०५ माघ २०८१

स्वास्थ्य चौकी भवन निर्माण

२३ आश्विन २०७५, मंगलवार १०:३० मा प्रकाशित

म्याग्दी २३ असोज ,,   रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब रु एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो ।

मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले बताउनुभयो । उन्नाइस कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा÷छुट्टै व्यवस्था गरिएको छ ।

पिप्ले स्वास्थ्य चौकीबाट रघुगङ्गा गाउँपालिका–३ का बासिन्दाले सेवा लिँदै आएका छन् । हस्तान्तरणपछि नयाँ भवनबाट सेवा प्रवाह गरिने वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर गणेश मर्हजनले मालिका गाउँपालिका–४ च्युरीबोट, मङ्गला गाउँपालिका–३ बरङ्जा र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनसमेत हस्तान्तरणको तयारी भइरहेको बताउनुभयो ।

देवीस्थान, घार र कुहुँ स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो । यस्तै सदरमुकाम बेनीस्थित बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter