१२ माघ २०८१

चिकित्सक थपिएपछि उपचारमा सहज

२२ आश्विन २०७५, सोमबार १३:१६ मा प्रकाशित

दाङ, २२ असोज ,,   दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् ।
उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका साथै स्वास्थ्य सेवा विभागले दुई र तुलसीपुर उपमहानगरपालिकाले एक चिकित्सकलाई उक्त अस्पतालमा सरुवा गरेको हो ।

लामो समयसम्म रिक्त रहेको दरबन्दीमा थप नौ नर्स पनि सरुवा भएर आएको उक्त अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विशेषज्ञ चिकित्सकको अभावले सामान्य बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने बाध्यता रहँदै आएकामा अब भने अस्पतालको सेवा प्रभावकारी हुने भएकोे छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter