०७ माघ २०८१

स्याउको आयात बढ्यो

२१ आश्विन २०७५, आईतवार १५:२० मा प्रकाशित

रसुवा, २० असोज,,   बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।

गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म रु एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो । असोजको भन्सार शुल्क असुली लक्ष्य रु ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ ।

तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । “दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ,” कोइरालाले भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter