०४ माघ २०८१

रामग्राममा सिमेन्ट उद्योग

२१ आश्विन २०७५, आईतवार १५:०१ मा प्रकाशित

नवलपरासी, २१ असोज ,,  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ ।

करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने उद्योगका सञ्चालक शशी न्यौपानेले बताउनुभयो । सो उद्योगबाट करीब २०० परिवार प्रत्यक्ष तथा करीब तीन हजार परिवार अप्रत्यक्ष रुपमा लाभाम्वित हुने छन् ।

उद्योगले सरकारलाई वार्षिक रु एक रु अर्ब ५० करोड राजश्व बुझाउने न्यौपानेको भनाइ छ । उद्योगले जिल्लाको विकासमा थप टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter