०४ माघ २०८१

कालीगण्डकीमा जलयात्रा शुरु

१९ आश्विन २०७५, शुक्रबार १३:०५ मा प्रकाशित

कुश्मा, १९ असोज ,,   वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो ।

पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी रिभरबिच क्याम्पका सञ्चालक होम पुनले बताउनुभयो । आफ्नो कम्पनीबाट ५४ जना विदेशी पर्यटकलाई दुई दिनको अवधिमा जलयात्रा गराएको जानकारी दिनुभयो । ती सबै पर्यटक इजरायली भएको उहाँले बताउनुभयो ।

मौसम शुरु भएसँगै सम्पर्कमा आउन थालेको केही वर्षदेखि जलयात्रा गाइडका रुपमा काम गर्दै आउनुभएका पुनले बताउनुभयो । उहाँका अनुसार मङ्सिर पहिलो सातासम्म जलयात्रा नियमितरुपमा हुने गर्दछ । “मङ्सिर दोस्रो सातादेखि पानी चिसो हुन्छ, त्यसैले कम हुन्छ”, उहाँले भन्नुभयो ।

क्याम्पले लामो दूरीमा जलयात्रा नगर्ने पर्यटकलाई मालढुङ्गा र खनियाघाटबाट नयाँ पुलसम्म छोटो दूरीको जलयात्रासमेत गराउने गरेको छ । यो दूरीमा जलयात्रा गराएबापत कम्पनीले गत वर्षसम्म प्रति जलयात्री रु एक हजार लिने गरेकामा यस वर्षदेखि रु एक हजार ५०० शुल्क लिने भएको छ । कुश्मा नगरपालिकाले कर बढाएका कारण गत वर्षको शुल्कमा वृद्धि गरेको पुनले बताउनुभयो ।

कालीगण्डकी रिभरविच क्याप, रेजिङ ¥याफ्टिङ, प्याडल नेपाल, एक्सटरमी रिभर ¥याफ्टिङ र स्वीसा ¥याफ्टिङ प्रालिले कालीगण्डकी नदीमा विदेशी पर्यटकलाई ¥याफ्टिङ गराउँदै आएका छन् । कालीगण्डकीमा असोजदेखि मङ्सिरसम्म सञ्चालन हुने जलयात्रा पुस र माघ महीनामा बन्द हुने गर्छ । फागुनदेखि जेठ अन्तिमसातासम्म ¥याफ्टिङ जारी रहने गर्छ । विदेशी मात्रै होइन, आन्तरिक पर्यटकसमेत पारिवारिकरुपमा जलयात्राका लागि आउने गर्छन् ।

भूकम्पका कारण अन्य पर्यटकीय ठाउँमा पर्यटक कम भइरहँदा कालीगण्डकी नदीमा भने उत्साहपूर्णरुपमा विदेशी पर्यटक जलयात्राका लागि आएका थिए । लामो, समथर र कम बहाव भएकाले विदेशी पर्यटकले अन्य नदीभन्दा कालीगण्डकीलाई रोज्ने गरेको कम्पनीको दाबी छ ।

कुश्मा नगरपालिका–१ नया“ पुलबाट शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । इजरायली, अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा कालीगण्डकीको जलयात्रा रहने गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter