०३ माघ २०८१

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

१८ आश्विन २०७५, बिहीबार १४:२२ मा प्रकाशित

डोटी, १८ असोज (रा,,  दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रहरीले डोटीको पिपल्ला, सिलगढी बसपार्कसहित कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ । बैतडीको गोठलापानी, अछामको मङ्गलसेन, बझाङको सिमखेत र बाजुराको मार्तडी बसपार्कमा सहायता कक्ष स्थापना गरी सेवा शुरु गरिएको जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter