भक्तपुर, १८ असोज ,, चाँगुनारायण नपा–९ ताथली बस्ने हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्नेलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सो अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका सुकमनीको साथबाट प्रहरीले रु ६५ हजार ४००, करीब रु एक लाख मूल्य बराबरको सुनका सात तोला गहना, आइप्याड र मोबाइल बरामद भएको र यसबारे थप अनुसन्धान गरी आज मुद्दा चलाइने उहाँले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू