०३ माघ २०८१

मदरसा बोर्ड गठन गरिने

१७ आश्विन २०७५, बुधबार २२:२३ मा प्रकाशित

जनकपुरधाम, १७ असोज ,,    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई राज्यको मूल धारमा ल्याउन प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने बताउनुभएको छ ।

सर्लाही जिल्लाको हरिवनमा मदरसा अर्गनाइजेशन अफ नेपालद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री राउतले राज्यको विभेदका कारण मुस्लिम समुदायको शिक्षामा पहुँच बनाउन नसकेको धारणा राख्नुभयो ।

मुस्लिम समुदायका बालबालिकाको भविष्य सुनिश्चित गर्न मदरसा बोर्ड कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु हुँदै उहाँले मदरसामा अध्ययन गर्दै आएका बालबालिकाले सरकारी मान्यता नपाएका कारण शिक्षामा पछाडि परेको छ भन्नुभयो ।

मुख्यमन्त्री राउतले मदरसा बोर्ड गठनपछि मदरसामा पढ्ने बालबालिकाले समेत सरकारी मान्यता पाउने र सरकारी जागिरमा पनि जाने व्यवस्था प्रदेश सरकारले गर्न लागेको बताउनुभयो । उहाँले बोेर्डको गठन पछि मदरसामा इस्लामिक शिक्षाका साथै व्यवहारिक शिक्षा पनि प्रदान गरिने बताउनु हुँदै मदरसा बोर्ड विधेयक प्रदेशसभामा प्रस्तुत भई सकेको जानकारी दिनुभयो ।

भेलामा सर्लाही, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका मुस्लिम अगुवाको सहभागिता थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter