चितवन, १७ असोज ,, अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ ।
कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो ।
दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर रु ६०० को रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ । यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू