१३ फागुन २०८१

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो ,इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्पहरु

१६ आश्विन २०७५, मंगलवार १७:०४ मा प्रकाशित

जाकार्ता, १५ असोज ,,   इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।
यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार २३४ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायमा प्रवक्ता सुटोपो नुग्रोहोले बताउनु भएको छ ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मङ्गलबार विहान दुई ओटा भूकम्प गएको छ । मङ्गलबार बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा रहेको स्थान ५.९ म्याग्नीच्यूडको भूकम्पबाट प्रभावित भएको बताइएको छ ।

यस द्वीपमा करिब ७ लाख ५० हजार व्यक्तिको बसोवास रहेका छ ।
यस भूकम्पको करिब १५ मिनेट पछि सोही इलाकामा ३० किलोमिटर गहिराईमा ६.० म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।

शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मङ्गलबार विहानको भूकम्पबाट पुनः त्रास फैलिएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter