११ माघ २०८१

औरही नगरपालिकामा तालाबन्दी

१६ आश्विन २०७५, मंगलवार १६:३३ मा प्रकाशित

महोत्तरी, १६ असोज ,,   महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो ।

यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल वा समस्या समाधानतर्फ ध्यान नदिएका कारण बाध्य भएर आफूहरु तालाबन्दी गरेको संयोजक दरेश यादवले बताउनुभयो ।

नगरप्रमुख सुनिल यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter