०४ माघ २०८१

बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

१६ आश्विन २०७५, मंगलवार १५:२५ मा प्रकाशित

इनरुवा, १६ असोज,,  विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ ।

सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उहाँको खोज तलास शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter