११ माघ २०८१

घोराहीमा बिपीको शालिक बन्दै

१६ आश्विन २०७५, मंगलवार १२:०५ मा प्रकाशित

घोराही, १६ असोज ,,   नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।

घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको संयोजन काङ्ग्रेस क्षेत्र नम्बर ३ ले गरेको छ ।

करीब रु १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिनुभयो । मङ्सिर मसान्तसम्म निर्माण सकिनेछ । विसं.२०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको थियो जसको २०७१ साल साउन ६ गते काङ्ग्रेसका नेता स्व खुमबहादुर खड्काले शिलान्यास गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter