०४ माघ २०८१

वैचारिक पुनःजागरणलाई पार्टीमा एकता

१५ आश्विन २०७५, सोमबार १५:३१ मा प्रकाशित

पोखरा, १५ असोज ,,   नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उहाँले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिनुभएको थियो । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter