११ माघ २०८१

मुटु दिवसमा कपिलबस्तुमा बृहत साइकल यात्रा ।

अजय बर्मा

१३ आश्विन २०७५, शनिबार १९:०२ मा प्रकाशित

कपिलवस्तु असोज १३ ।विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंरहदा कपिलबस्तुमा बृहत साइकल यात्रा गरिएको छ । “साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं” भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब कपिलबस्तु, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलबस्तुले संयुक्त रुपमा साइकल यात्राको आयोजना गरिएका हो ।

मुटु स्वस्थ रहन साइकिलिङ महत्वपुर्ण हुने भएकाले शनिबार जिल्ला सदरमुकाममा १६ किलोमिटर लामो साइकल यात्राको आयोजना गरिएको हो । पर्यटन प्रर्वद्धन संगै साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक रहेको साइकल राइर्डस अफ कपिलबस्तुका परमानन्द मण्डलले बताएका छन् ।

साइकिलिङ सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादन समेत हुने डा. लोकेन्द्र नारायण मण्डल बताउछन् । यसले मानिसको शक्ति, सन्तुलन र समन्वय बढाउने हुंदा साइकल चलाउन आवश्यक रहेको उनको भनाइ छ ।

साइकल र्यालीमा कपिलबस्तुका प्रजिअ अर्जुन प्रसाद पोख्रेल, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरिक्षक मनोज यादव लगायत १ सय ३० जनाको सहभागिता रहेको थियो । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेको थियो । तर सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter