०४ माघ २०८१

शहीद खुर्सीदले हजारौँलाई रूवाउदै लिए अन्तिम बिदा, ऊनि बारे के भन्दैछन युवाहरु !

६ आश्विन २०७५, शनिबार २०:२९ मा प्रकाशित

बिहीबार दिउँसो हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीलाई शुक्रवार बसेको मंत्रिपरिषदले शहीद घोषणा गरे सँगै आज इस्लामिक परम्परा अनुसार हजारौ ब्यक्तिहरुको उपस्थितिमा भुटहा स्थित कब्रस्तानमा अन्तिम अन्त्येष्टि गरिएको छ ।


गृह्मन्त्रालयको निर्देशनमा शहीद खुर्शीदको छानबीन समिति पनि गठन भएको छ भने आज साँझ राष्ट्रीय मुस्लिम गठबंधनले छिटो भन्दा छिटो सत्य तथ्य सहित छानबीन गरि दोषीलाई कानूनी अनुसार कार्यवाही गर्न पत्रकार सम्मेलन पनि गरेको छ ।

समाजिक संजालमा उक्त घटना बारे युवाहरुले राखेको धारणालाई हामी केयरखबरले यहाँ संकलन गरि राखेका छौं ।

अगुवा बन्न पनि डर लाग्छ । कतिखेर ताताे गाेली खाइने हाे ? तर, डर गाेलीकाे हैन, मरे पछि न्याय त परै जाअाेस् कलंकित बनाउने अातंककारीकाे पाइनसक्ने बिल्लासँग हाे ।
भारत-नेपाल नाकाबाट चाडपर्वमा एउटा साडी भित्र्याउन गार्‍हो छ । तर, गाेला, बारुद, बन्दुक, जाली नाेट, कन्टेनरका कन्टेनर सामान, सुन सजिलैसँग भित्रिन्छ ! अनि हत्या गरेर फेरि सहजै फर्कन्छन् । हाम्रा सुरक्षा संयन्त्र हात बाँधेर हेरिरहन्छ ।
केही समयकाे अन्तरालमा मुस्लिम समुदायका अगुवा वा धार्मिक गुरुहरू माथि श्रृङखलाबद्ध यस्ता घटना घट्नुले केही गहिरो अनि विशेष कुराकाे संकेत गर्दछ । राज्यले दाेषी पत्ता लगाएर सार्वजनिक गर्न कमजोर देखिदै अाएकाे छ । हेराैं याे घटनामा कत्तिकाे खराे उत्रन्छ ? मुस्लिम धार्मिक गुरु र, अगुवाले सधैं असुरक्षित महशुस गरेका हुन्छन् ।#शाहिद अलि
प्रवक्ता राष्ट्रिय मुस्लिम सँघर्ष गठबंधन

 

भारतको दलाली गर्ने केही नेपाली मिडियाहरुले हत्या पश्चात् खुर्शिद आलमलाइ ISI एजेन्ट बनाएर देखाउन खोजेको समाचार हेरेर सोध्न मन गर्यो, १. के मारिसकेपछी मात्र प्रशासनलाइ थाहा भयो कि खुर्शिद ISI एजेण्ट थियो? २. के नेपाल भारतको उपनिवेश हो उसलाइ जे मन लाग्छ आफै आएर नेपाली धर्तिमा गरेर जान्छ ३. बोर्डरमा बस्ने नेपाली प्रहरीको संलगनता यो घटनामा छैन भनेर कसरी मान्नु? हातमा बन्दुक हुदा हुँदै उल्टै गोलि हानेर अपराधी फरार हुन्छ। अनि गोलि पनि नेपाल प्रहरीको जवानलाइ तिघ्रामा मात्र लाग्छ त्यो पनि छोएर निक्लिन्छ यो हिन्दी फिल्मको क्लाइमेक्स जस्तो लाग्दैन? ४.यदि साचिकै ISI एजेन्ट थियो भने पनि प्रत्यर्पण सन्धी अनुरुप आफ्नो मुलुक लग्नु पर्ने ठाउमा दादागिरी तरिकाले मनपरी गर्न पाउछ? ५. यसलाइ नेपाल सरकारको नपुंसक्ता भन्दा केही फरक पर्छ र? सरकारले त्यो दिन बोर्डरमा डिउटी गर्ने सबै गद्दार प्रहरीहरुलाइ समेत अविलम्ब कार्वाही पनि गर्न सक्दैन अपराधी पक्राउ गर्ने कुरा त आकशको फल हो नत्र फेरि मालिक रिसाउछ।
#नईम राइन
युवा समाजसेवी

 

उमेश यादव दुःख छः निर्मला दुःख तर
ख़ुर्शीद आलम किन दुःखदैन ??
आख़िर हत्या त नेपाली कै भको छ
हम “मुसलमान ” है न हम झुकेनंगे न रुकेगे…
चाहे तुम जितना गोली मरना चाहो मारदो, चाहे तुम जितना इल्जाम लगाना है लागादो फरक नही पड़ता ! ! !
#शहीदखुर्शीदआलम जिन्दाबाद है और रहेगा……….
# मोहम्मद रियाज़ साफि
युवा समाजसेवी

 

। हत्या ब्यक्तिगत रिसिवी, आर्थिक लेनदेनको कारणले भएको हो भने हत्यारा समातिएला तर यदि यो मुस्लिम अगुवामाथि पहिल्यै देखि हुँदै आइरहेको श्रीङ्खलावद् हत्या हो भने राज्य अब पनि चुप लागेर बस्नु शंकास्पद छ। आफ्नै नागरिकलाई बाहिरिया शक्तिले दिनदहाडै हत्या गरिरहँदा समेत राज्य चुप लागेर बस्नु चिन्ताजनक छ। जुन किसिमले बाहिरी शक्तिले मुस्लिम समुदायका अगुवाको हत्या गरेर मुस्लिम समुदायमा मनोवैज्ञानिक डर दिइरहेको छ त्यो खेदजनक छ। आजको यो हत्याले के देखाएको छ भने हामी मुस्लिम समुदाय, राज्यले सुरक्षा दिएर बाचेका छैनौं बरु हामीलाई कसैले मार्न नचाहेर बाचेका छौं ।
#पत्रकार अफरोज अर्पण

 

आख़िर किन नेपाल मा मुस्लिम अगुवा, नेताहरू को प्रायः हत्या हुन छ ??
नेपाल का मुस्लिम नेताहरू न त आज सम्म राष्ट्रीय विरोधी कार्य गरेका छन न त जनता र समाज विरोध तब पनी आख़िर किन प्रायः नेपाली मुस्लिम नेताहरूको हत्या हुन छः ??
राज्य र सेना- प्रशासन ले यस प्रति ध्यान दिन जरुरी छ।
#शमशुल हक
युवा नेता नया शक्ति

 

भारतिय अपराधीहरुले नेपाली मुस्लिम समुदायको बोल्ने वाला कोहि छैन भनेर हेप्या हो ? जस्लाइ पनि गोलि हान्दै पाकिस्तानी एजेन्ड भन्दै मार्ने ? मधेसमा र सिमानामा फेरि मुस्लिम युवाहरुको देशको सिमा रक्षा र सिके रावात जस्ता बिखन्डकारिक अन्त्य गर्दिन बेर छैन होस गर्नु । नेपालमा ७०% मुस्लिमहरु अहिले नेकपाका सदस्य छन अरिङ्गाल बन्ने आदेश आएको बेलामा भारी पर्ला बिचारगरियोस ।
#बी बी खराल
युवा नेता ने क प

 

नेपालका पढ़े लेखेका समाजमा अलिकति उचाई बनाएका मुसलमानहरू लाई किन इण्डियाले तारो बनाउछ ??!! के पढेलेखेका मुसलमान हुनु पाकिस्तानको एजेण्ट हुनु हो ?
जामे मस्जिद अगाडि त्यसरी नै सुनसरिको अर्थशास्त्री निर्दोष मुसलमानलाई त्यसरी नै गोली हानि हत्या गरेको थियो
#एस पी पौडेल

 

नेपाली सुरक्षा लाई चुनौती दिई इंडियन शूटर द्वारा शहीद गरिएको स्वर्गीय खुर्शीद आलम ज्यु लाई नेपाली सेनाले सलामी अर्पण गरि हजारौ हजार शुभचिंतक द्वारा अंतिम विदाई ।।मन्त्री परिषद बाट शहीद घोषणा हुनु सराहनीय छ तर ७ किलो मीटर भित्र पसेर प्रहरी जवानलाई समेत गोली प्रहार गरि फरार हुनु राष्ट्रिय सुरक्षा कमजोर रहेको तथा मिलिमतो गरेको संका उब्जिएको छ । अल्लाह ले उहाँ लाई स्वर्ग प्रदान गरुन । हरेक नागरिकको अधिकारको प्रत्याभूत हुने गरि हाम्रो राष्ट्र सुरक्षित रहोस भन्ने कामना गर्दछौं ।।
शमशाद आदिल
पत्रकार

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter